Premier Cables
Premier Steel

राष्ट्रिय

३१ दिन पैदलै हिँडेका बाेहराले बल्ल भेटे प्रधानमन्त्री

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | साँझ ६:५७ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । सुर्खेतबाट ३१ दिनसम्म खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका नवराज बोहराले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। कर्णाली क्षेत्रको सुशासन, विकास, वातावरणीय सन्तुलन तथा पशु संरक्षणजस्ता मुद्दा लिएर यात्रा सुरु गरेका बोहरा जेठ ४ गते सुर्खेतबाट हिँड्न थालेका थिए।

बोहरा असार ३ गते काठमाडौँ आइपुगेका थिए। सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न प्रयास गरे पनि भेट हुन नसक्दा आलोचना चुलिएको थियो। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्ममा प्रधानमन्त्रीको आलोचना भएको थियो।

आज प्रधानमन्त्रीसँगको भेटमा बोहराले आफ्नो अभियानका अनुभवहरू, यात्राको क्रममा देखिएका समस्याहरू र विशेष गरी उपचार नपाएका बालबालिका तथा पिछडिएका क्षेत्रका समस्या प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन्। साथै उनले ती समस्याको समाधानका लागि आफूसहित विभिन्न पक्षबाट गरिएको पहलबारे पनि प्रधानमन्त्रीलाई अवगत गराएका छन्।

प्रधानमन्त्री ओलीले बोहराको प्रयासको सराहना गर्दै अघि बढेको अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् भने सरकार पक्षबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka