Premier Cables
Premier Steel

राजनीति

गगन थापाको प्रस्ताव : ‘२०४६ सालपछिका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन होस्’

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | साँझ ५:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछिका सबै सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो प्रस्ताव सार्वजनिक गरेका हुन्।

महामन्त्री थापाले विगत ३० वर्षयता सत्तामा पुगेका सबै राजनीतिक दल र नेताहरूको सम्पत्तिको गहिरो छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा एक शक्तिशाली स्वतन्त्र आयोग गठन गर्नुपर्ने बताए। उनले भने, “२०४६ सालको आन्दोलनपछि कांग्रेस सत्तामा आयो। त्यसपछि वडादेखि केन्द्रसम्मका सबै तहका जिम्मेवारहरू छौं। अब संसदबाटै आयोग गठन गरेर सबैको सम्पत्ति जाँच गरौँ।”

बिज्ञापन

उनले आयोगको नेतृत्वमा कुनै राजनीतिक प्रभावरहित, देशले विश्वास गर्ने पूर्वन्यायाधीश चयन हुनुपर्ने बताए। “त्यो व्यक्ति एमाले, कांग्रेस वा माओवादी कुनै पार्टीको नहोस्। त्यसले सबै नेताको सम्पत्ति जाँच गरोस्,” थापाले स्पष्ट पारे।

थापाका अनुसार, भ्रष्टाचार र अनियमितता विरुद्ध स्पष्ट मापदण्ड नबनाइसम्म जेन–जी पुस्ताको विश्वास जित्न सकिँदैन। दोषी जो भए पनि कारबाही गर्न सक्ने आँट देखाउनुपर्ने उनको भनाइ थियो।

“आयोगले जे निर्णय गर्छ, त्यो जतिसुकै शक्तिशाली व्यक्तिमाथि परे पनि मान्न तयार हुने हो भने मात्रै नयाँ पुस्ताले हामीमाथि भरोसा गर्छ,” थापाले भने। उनले विगतमा देशका लागि लडेका नेताहरू अब परिवारका लागि कमाउने सोचमा लागेको भन्दै त्यो प्रवृत्तिप्रति नयाँ पुस्ता असन्तुष्ट रहेको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka