Premier Cables

राजनीति

निर्भय प्रेस लोकतन्त्रको आधारभूत स्तम्भ: गगन थापा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २०, २०८३  | बिहान ९:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वतन्त्र र निर्भय प्रेसलाई लोकतन्त्रको आधारभूत स्तम्भका रूपमा व्याख्या गरेका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले वर्तमान परिवेशमा सूचना सङ्कलन र सत्यको खोजी झन् जटिल बन्दै गएको बताएका छन्।

विज्ञापन

उनले विभिन्न किसिमका दबाब र असुरक्षाबीच पनि सत्यको पक्षमा अडिग रहने सञ्चारकर्मीप्रति सम्मान व्यक्त गरेका छन्। थापाका अनुसार प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकको जान्न पाउने अधिकारको संरक्षणका लागि आवश्यक हुन्छ।

सन्देशमा उनले सत्य लेखेकै कारण कसैले डराउन नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka