Premier Cables
Premier Steel

विराटनगर

हिमालय दर्शन कलेजमा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, असार ०५, २०८२  | साँझ ६:१० बजे

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) को ५२औं स्थापना दिवसको सन्दर्भमा विराटनगरस्थित हिमालय दर्शन कलेजमा बिहीबार लागुऔषध तथा मनोदैहिक औषधिसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित दोस्रो दिनको कार्यक्रममा कलेजका स्नातक तहका विद्यार्थीहरूलाई लागुऔषधको दुष्परिणाम, कानुनी प्रभाव र सुधारका उपायहरूबारे जानकारी दिइएको हो।

बिज्ञापन

कार्यक्रमका प्रमुख वक्ता संघका अध्यक्ष देशबन्धु ढकालले पछिल्लो समय युवा पुस्ता लागुऔषधको दलदलमा फसिरहेको चिन्ता व्यक्त गर्दै यसप्रति सजग गराउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए। “युवाहरूलाई यसको हानिकारक असरबारे जानकारी दिँदा मात्र उनीहरू सही मार्गमा लाग्न सक्छन्,” उनले भने।

कोसी प्रदेश अध्यक्ष धनराज काफ्लेले पनि युवाहरूमा बढ्दो कुसंस्कार र कुलतप्रति चिन्ता व्यक्त गर्दै विद्यालय–कलेजमै यस्ता सचेतनामूलक कार्यक्रम नियमित गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रम संयोजक महासचिव अरुणकुमार ठाकुर थिए। सहजीकरण प्रहरी नायब निरीक्षक आकाश कार्की, प्रहरी हवल्दार दोर्जे पराजुली र पूर्व दुर्व्यसनी प्रशिक्षक कपिल आचार्यले गरेका थिए। उनीहरूले विद्यार्थीहरूलाई लागुऔषधको असर, त्यसबाट बच्ने उपाय, कानुनी व्यवस्था र पुनर्स्थापनाकाे विषयमा जानकारी गराएका थिए ।

हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले युवालाई समाजका नकारात्मक प्रवृत्तिबाट जोगाउन यस्ता कार्यक्रम अपरिहार्य रहेको बताए। उनले संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एनसीडिएका केन्द्रीय सदस्य प्रदीप कुमार दास, प्रदेश उपाध्यक्ष सुदिनध्वज श्रेष्ठ, र वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी अन्मोल खड्का लगायतको उपस्थिति थियो।

यसअघि संघले कोसी अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण गरेकाे थियो । असार ४ गतेदेखि १० गतेसम्म विविध कार्यक्रममार्फत संघको स्थापना दिवस मनाइँदैछ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka