Premier Cables
Premier Steel

अपराध

औषधि पशलबाटै लागूऔषध कारोबार, कोशीका विभिन्न जिल्लाबाट पाँच जना पक्राउ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न १२:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी, झापा र भोजपुरमा लागुऔषध कारोबारमा संलग्न फर्मा सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट प्रतिबन्धित औषधि ट्रामाडोल, प्रेजेक्स र ठूलो परिमाणमा ब्राउन सुगर बरामद भएको छ।

झापाको बिर्तामोड नगरपालिका-२ स्थित दिवाकर फर्माबाट ट्रामाडोल ३,००० क्याप्सुल र प्रेजेक्स ३०० क्याप्सुल बरामद गरिएको छ। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले फर्मामा छापा मारेर फर्मा सञ्चालक किरण राजवंशीलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

त्यसैगरी, सुनसरीको इनरुवा नगरपालिका-४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले चेकजाँचको क्रममा बा.४६ प ८४०२ नम्बरको मोटरसाइकलमा सवार मोरङ बेलबारी-४ का ४० वर्षीय इन्द्रबहादुर गुरुङलाई १६.३५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

यसैबीच, भोजपुर नगरपालिका–९ मा पनि लागूऔषध कारोबार भईरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा को.११ प ७६६८ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको १५.६५ ग्राम ब्राउन सुगर बरामद गरेको छ। सो क्रममा भोजपुर-१२ का ३० वर्षीय रिजन श्रेष्ठ र टेम्केमैयुङ गाउँपालिका–२ का २८ वर्षीय सनुप राईलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, सुनसरीको इनरुवा नगरपालिका-४ मा अस्थायी प्रहरी पोस्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले संयुक्त रूपमा मोरङ सुन्दरहरैचा-६ का २८ वर्षीय हेमराज बिकलाई ४.५० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

पक्राउ परेका सबै विरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयहरूले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka