Premier Cables
Premier Steel

विराटनगर समाचार

विराटनगरका मेयर कोइराला इजरायलबाट जोर्डन हुंदै मुम्बई आइपुगे

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | बिहान १०:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । इजरायल–इरान युद्धका कारण प्रभावित कार्यक्रमबाट फर्किँदै गरेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला स्थलमार्ग हुँदै भारतको मुम्बई पुगेका छन्। उनी आज (बिहीबार) साँझसम्म काठमाडौं आइपुग्ने र सोही दिन विराटनगर फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

मेयर कोइराला इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा सहकारी, कृषि प्रविधि तथा सहरी विकाससम्बन्धी अध्ययन भ्रमणका लागि गत जेठ २६ गते इजरायल गएका थिए। असार ५ गतेसम्म सञ्चालन हुने तय भएको कार्यक्रम इजरायल–इरानबीचको युद्धले बीचमै प्रभावित भयो।

बिज्ञापन

युद्धका कारण इजरायलका सबै विमानस्थल बन्द भएपछि मेयर कोइरालाले स्थलमार्गमार्फत जोर्डन पुग्नुपरेको थियो। त्यसपछि कुवेत, भारतको मुम्बई र नयाँदिल्ली हुँदै उनी स्वदेश फर्किँदै छन्। हाल उनी मुम्बईमा छन्।

आफ्नो सुरक्षित फर्काइमा सहजीकरण गर्ने परराष्ट्रमन्त्री आरजु राणा, परराष्ट्र मन्त्रालय, इजरायली सरकार, इजरायलस्थित नेपाली दूतावास र राजदूत धनप्रसाद पण्डितप्रति मेयर कोइरालाले आभार व्यक्त गरेका छन्। साथै, इजरायलमा रहँदा आफ्नो सुरक्षाप्रति चासो देखाउने सम्पूर्ण आफन्त, राजनीतिक दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरूप्रति पनि उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।

साथै, युद्ध तत्काल रोकिने सम्भावना नरहेकाले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन नेपाल सरकारले शीघ्र र प्रभावकारी पहल गर्नुपर्ने मेयर कोइरालाको आग्रह छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka