Premier Cables
Premier Steel

समाचार

महिलाकाे घाँटीबाट सुनको सिक्री थुतेर भाग्दै थिए, पक्राउ परे

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | बिहान १०:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित शनिबारे बजारमा दुई महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने क्रममा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२० का १९ वर्षीय सचिन राजपूत रहेका छन्। घटनामा स्थानीय शनिबारे बजारमा स्थानीय २८ वर्षीया विनिता तामाङ र ३१ वर्षीया शोभा राईको घाँटीबाट सुनको सिक्री तानेर दुई जनाको समूह भाग्ने क्रममा प्रहरी चौकी बसाहा टोलीले राजपूतलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

उनको साथबाट केही सामग्री बरामद गरिएको छ भने घटनामा संलग्न अर्का व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका राजपूतमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa