Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरानी मिसाइल खसेपछि इजरालयमा बज्याे साइरन, सरकारी टेलिभिजनमा बम हानेपछि प्रत्याक्रमण

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | बिहान ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इरानले पुनः इजरायलतर्फ मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेको छ।

सीएनएनका अनुसार इजरायली जनतालाई बम आक्रमणबाट सुरक्षित रहन नजिकको आश्रयस्थलमा जान र अर्को सूचना नआउन्जेल त्यहीँ बस्न निर्देशन दिइएको छ। आईडीएफले उत्तरी इजरायलका विभिन्न क्षेत्रमा चेतावनी साइरन बजेको जानकारी पनि दिएको छ।

बिज्ञापन

इरानको यो आक्रमण इजरायली सेनाले तेहरानस्थित इरानी राष्ट्रिय टेलिभिजन भवनमा आक्रमण गरेपछि सुरु भएको बताइएको छ। त्यतिबेला टिभीमा लाइभ प्रसारण भइरहेको थियो। इजरायलको स्थानीय समयअनुसार यो आक्रमण बिहान ४:३९ बजे शुरु भएको हो।

आईडीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलका रक्षा प्रणालीहरूले हालैको खतरालाई रोक्न सक्रिय रूपमा काम गरिरहेका छन्।”

इरानले मिसाइल प्रक्षेपणको तयारी गरिरहेको जानकारी पाएपछि इजरायलमा पुनः साइरन बजाइएको थियो। आईडीएफले एक्स (पूर्व ट्विटर) मार्फत जनाइएको छ कि इजरायली वायुसेना आवश्यक परेमा खतरालाई निष्क्रिय पार्न र जवाफी कारबाही गर्न तयार अवस्थामा छ।

जनतालाई समयमै आश्रयस्थलमा जान र सुरक्षाका लागि सरकारी निर्देशनको पालना गर्न पुनः अनुरोध गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka