Premier Cables
Premier Steel

कोशी प्रदेश

सुनसरी र झापामा दुईवटा जंगली हात्ती मृत भेटिए

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०२, २०८२  | साँझ ५:३० बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा सोमबार बिहान एकै दिन दुई वटा जंगली हात्ती मृत अवस्थामा फेला परेका छन्। सुनसरी र झापामा भेटिएका हात्तीको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन।

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिकी सामुदायिक वन नजिकको मकैबारीमा अन्दाजी ७ वर्षको भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हात्ती खेतको छेउमै लडिरहेको अवस्थामा फेला परेको हो।

बिज्ञापन

यस्तै, सोही दिन झापाको मेचीनगर नगरपालिका–१ गणेश टोलस्थित मकैबारीमा एक वयस्क पोथी हात्ती मृत भेटिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीको शव स्थानीय बासिन्दाले बिहान देखेका थिए।

दुवै घटनामा हात्तीको मृत्युको कारण स्पष्ट हुन नसकेकाले अनुसन्धान जारी रहेको सम्बन्धित प्रहरी कार्यालयहरूले बताएका छन्। वन तथा वन्यजन्तु संरक्षण सम्बन्धी निकाय पनि घटनास्थलमा पुगेर तथ्य संकलन गरिरहेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka