Premier Cables

शेयर बजार

नेप्से सूचक सामान्य बढ्दा कारोबार रकममा भने उत्साह

Calendar सोमबार, असार ०२, २०८२  | साँझ ५:२७ बजे

काठमाडौं । सोमबार सेयर बजार सकारात्मक भएको छ । नेप्से सूचक सामान्य बढ्दा कारोबार रकममा भने उत्साह थपिएको छ । यस दिन नेप्से सूचक २.८० विन्दुले बढेर २६५८.६६ अंकमा आएको छ । १३ अर्ब १८ करोड बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

सोमबार होटेल तथा पर्यटन समूहमा तेजी आएको छ । सेक्टर सिफ्ट हुँदै कम्पनीका भाउहरु बढेको देखिन्छ । यसअघि हाइड्रोपावरमा उत्साह थियो । आइतबार उत्पादनमूलक समूहमा राम्रो सुधार देखिएको छ । आज होटेल तथा पर्यटन समूहमा चमक देखिएको हो ।

बिज्ञापन

पछिल्ला केही दिनयता कारोबारमा राम्रो सुधार भइरहेको देखिन्छ । ११ अर्बभन्दा माथि कारोबार पुगेको छ । रकम बढ्दै गएकाले सेयर एकुमुलेसन गर्नेक्रम बढेको अनुमान लगाउन सकिन्छ ।

कारोबारमा निरन्तर सुधार हुँदै गयो भने त्यसले छिट्टै नेप्से सूचकलाई पनि माथि लैजान सक्ने अनुमान गर्न सकिन्छ । कारोबारमा सुधार हुँदै गए पनि नेप्से सूचकले भने अहिलेसम्म खासै गति लिन सकेको छैन ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र निक्षेपमा अत्यन्त न्यून ब्याजदरका कारण अब धेरैको आकर्षण सेयर बजारतिर हुने विश्लेषणहरु भइरहेका छन् । यतिबेला निक्षेपकर्ताहरु बिच्किएको अवस्था छ । बचतमा ३ प्रतिशत हाराहारीमात्र ब्याजदर छ । यस्तै मुद्दतिमा पनि बैंकहरुले निकै कमदरमा ब्याज दिएका छन् ।

यसकारण पैसाको रोटेसन गर्नेहरुले बैंक निक्षेपबाट रकम झिकेर सेयर बजारतिर लगाउन थालेको देखिन्छ । यस्तै, लगानीका अन्य क्षेत्रहरु यतिबेला संकुचित भएको अवस्था छ । रियल स्टेट क्षेत्र ठप्प छ । व्यापार–व्ववसायका अरु क्षेत्रहरु पनि गतिशील हुन सकेको छैन । अर्थतन्त्र लामो समयदेखि मन्दीमा रहेकाले समस्या भएको हो ।

यसर्थ, अब अर्थतन्त्र सुधारको प्रस्थान विन्दु सेयर बजार हुन सक्ने जानकारहरु बताउँछन् । यस्तै, बैंकहरुले निरन्तरजसो ब्याजदर घटाइरहेका छन् । अधिक तरलताको अवस्था विद्यमान रहेकाले तत्काल ब्याजदर बढ्ने अवस्था नरहेको बैंकरहरु बताउँछन् ।

असार महिनामा त अझै बैंक–वित्तीय संस्थाहरुले खासै नयाँ कर्जा प्रवाह गर्दैनन् । सबैको ध्यान रिकोभरीमै हुन्छ । त्यस्तै, अझै साउन, भदौंसम्म पनि कर्जा प्रवाहले त्यति गति नलिने बैंकरहरु बताउँछन् ।

यसआधारमा अझै लामै समय अधिक तरलताको अवस्था नै रहने सेयर लगानीकर्ताहरुको बुझाई रहेको देखिन्छ । बैंकरहरुका अनुसार अहिले सेयर धितो कर्जामा अलिबढी आकर्षण देखिएको छ । अरु क्षेत्रका कर्जामा खासै माग छैन । यसकारण सेयर बजारतिरै कर्जा प्रवाहमा वित्तीय संस्थाले पनि जोड दिएको पाइन्छ ।

त्यसो त पछिल्लो समय ठूला कर्जाका लागि पनि जोखिमभार कम गरिएको छ । अब ५० लाखभन्दा माथिका सेयर कर्जामा समेत एक सय प्रतिशतमात्र जोखिमभार हुनेछ । ठूला लगानीकर्ताहरुले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्ने क्रम बढ्न थालेको तथ्यांकहरुले देखाएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा पनि समग्र सेयर धितो कर्जा करिब ३९ प्रतिशतले बढेको छ । ठूला कर्जाको माग अझ बढी छ । यसआधारमा बजारमा माग बढ्ने र त्यसले सेयर मूल्य बढाउन भूमिका खेल्न सक्ने विश्लेषणहरु भइरहेका छन् ।

त्यतिमात्र होइन, असार–साउनलाई सिजनका रुपमा समेत सेयर बजारमा लिने गरिएको छ । यो समयमा अधिकांश वर्षहरुमा सेयर बजार सकारात्मक भएको इतिहास छ । यस्तै, अब साउन लागेसँगै सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण सार्वजनिक हुन थाल्नेछ ।

मुनाफा बढाएको रिपोर्ट आएमा त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्न सहयोग गर्नेछ । वित्तीय विवरण सार्वजनिक भएलगत्तै लाभांश घोषणा गर्ने समय सुरु हुनेछ । यी कारणहरुले वर्षायाममा सेयर बजार तुलनात्मकरुपमा बढी सकारात्मक र चलायमान हुने गरेको पाइन्छ ।

कारोबार रकम बढ्दै गएकाले बजारमा सहभागीहरुको सख्ंया बढेको र विस्तारै सकारात्मक बाटो समाउन सक्ने अनुमान गरिएको हो । यस्तै, आगामी मौद्रिक नीति अझै सहज र लगानीमैत्री आउन सकेमा त्यसले पुँजी बजारको समग्र वातावरण थप सहज बनाउन सक्नेछ ।

यस दिन ३ सय १८ कम्पनीको ३ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९५ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बुटवल पावर कम्पनी परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो