Premier Cables
Premier Steel

शेयर बजार

साताको पहिलो कारोबार दिन घट्यो शेयर बजार

नोट: यो समाचार २ महिना अघिको हो

Calendar आइतबार, मंसिर १४, २०८२  | अपराह्न ३:५७ बजे

काठमाण्डौ । गत साताभर बढेको सेयरबजारमा आज करेक्सन आएको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.९९ प्रतिशत अर्थात २६.५१ अंकले घटेर २ हजार ६४९.५१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले घटेर ४५६.९८ विन्दुमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४२ वटा स्क्रिप्टको १ करोड ५७ लाख ३६ हजार ३त्७२ कित्ता सेयर ७ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो दिन भने ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार टेकेन्द्र थपलिया भन्छन्, ‘गत साताभर बजार बढेका कारण आज केही नाफा बुक भएको देखिन्छ । जसका कारण आज बजार घट्न पुग्यो । बढिरहेको बजारमा नाफा बुक हुनु सामान्य हो । एकोहोरो बढ्ने बजारभन्द बेलाबेलामा हुने यस्तो नाफा बुकले बजारलाई थप मजबुत बनाउँछ ।’

सबै विषयवस्तु सकारात्मक भएकाले आगामी कारोबारदेखि बजारले पुनः माथिको लय समात्ने उनले विश्वास व्यक्त गरे ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः०.७३ र ०.०४ प्रतिशतले बढे ।

लगानी समूह आज सर्वाधिक अर्थात १.४८ प्रतिशतले घट्यो ।

यस्तै बेंकिङ समूह १.०८ प्रतिशत, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल ०.२९, हाईड्रो १.३१, जीवन बीमा १.२०, लघुवित्त १.३०, निर्जीवन ०.६९, अन्य १.०४ र व्यापार समूह ०.५१ प्रतिशतले घट्यो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka