Premier Cables
Premier Steel

विराटनगर

विराटनगर जेसीजका नयाँ सदस्यलाई नेतृत्व विकास तालिम

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शनिबार, जेठ ३१, २०८२  | साँझ ७:२१ बजे

विराटनगर । विराटनगर जेसीजले नयाँ सदस्यहरूलाई लक्षित गर्दै एक दिवसीय नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न गरेको छ।

विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालको अध्यक्षतामा सम्पन्न तालिममा प्रमुख अतिथिका रूपमा संस्थाका पूर्वअध्यक्ष सुरेशलाल श्रेष्ठको उपस्थिति थियो।

बिज्ञापन

तालिममा प्रशिक्षक सेवक बजगाईंले नेतृत्व विकास, सार्वजनिक प्रस्तुतीकरण, समय व्यवस्थापन, टोलीमा काम गर्ने सीप र सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिएका थिए। सहभागीहरूलाई संवाद, अभ्यास र अन्तरक्रियामूलक सत्रमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जेसीजको सदस्यता केवल परिचय पत्र मात्र नभई, सामाजिक रूपान्तरण र नेतृत्व निर्माणको माध्यम भएको बताए । “यस्ता तालिमहरूले सदस्यहरूलाई आत्मविश्वासी, जिम्मेवार र सक्रिय नागरिकका रूपमा तयार गर्न मद्दत गर्छ,” उनले भने।

पूर्व अध्यक्ष श्रेष्ठले संस्थामा आबद्धतापछि प्राप्त अनुभवहरू बाँड्दै जेसीजले आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा ल्याएको परिवर्तनबारे उल्लेख गरेका थिए। “जेसीजले सोच्ने तरिका, प्रस्तुत हुने शैली र नेतृत्व क्षमतामै आमूल परिवर्तन ल्याउँछ,” उनले भने।

तालिममा २७ जना नयाँ सदस्य सहभागी थिए । कार्यक्रम संयोजन सरोज पौडेलले गरेका थिए। नयाँ सदस्यहरूलाई संस्था, यसको कार्यशैली, मूल्य र जिम्मेवारीबारे अवगत गराउँदै उनीहरूमा नेतृत्व क्षमता विकास गर्ने तालिमको उद्देश्य रहेको उनले सुनाए ।

कार्यक्रममा संस्थाका पदाधिकारीहरूको पनि उपस्थित थिए । त्यस अवसरमा उनीहरुले सहभागीहरूसँग अन्तरसंवाद गर्दै शुभकामना समेत दिएका थिए ।

कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो । सहभागीहरूले तालिमबाट आत्मविश्वास, प्रेरणा र नयाँ ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्। जेसीजले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka