Premier Cables
Premier Steel

अर्थ

एफएनसीसीआइ काेसीकाे व्यवसाय विकास क्षमता अभिवृद्धि तालिम सम्पन्न

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ३०, २०८२  | साँझ ४:४० बजे
Hamro Biratnagar Headlines

उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको सहकार्यमा आयोजित स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम कार्यक्रम आज समापन भएको छ।

समापन समारोहमा बोल्दै कन्काई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौंलाले उक्त तालिमले टाढा–टाढामा रहेका साना तथा मझौला उद्यमीहरूलाई व्यवसाय प्रवर्द्धनका लागि परामर्श दिन सकिने बताए। खोटाङ उद्योग वाणिज्य संघका सहभागी मदनबहादुर तामाङले तालिमबाट व्यावसायिक योजना बनाउन सिकेको बताए। धनकुटाबाट सहभागी साङ्घेन्मा राईले महिला उद्यमीहरूलाई प्रवर्द्धन गर्न तालिमले उत्प्रेरणा दिएको र आफू अब थप सक्रिय हुने बताइन्।

बिज्ञापन

तालिममा साना मझौला उद्योग प्रवर्द्धनमा व्यवसाय परामर्शदाताहरूको भूमिका, व्यावसायिक योजना निर्माण, लोन आवेदन, सञ्चार समन्वय, इथिकल स्ट्यान्डर्ड, लैंगिक तथा सामाजिक समावेशीकरण, तथ्याङ्क सङ्कलन र नतिजा मापन लगायतका विषय समावेश गरिएका थिए। साथै, उदय परियोजना तथा यसको कार्यक्षेत्रबारे समेत जानकारी दिइएको थियो।

समापन कार्यक्रममा सहभागी ३० जनालाई प्रमाणपत्र वितरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धिमा निरन्तर कार्य गरिरहेको बताए। उनले व्यावसायिक विकास परामर्श सेवाको सुरुवातले साना तथा मझौला उद्योगको प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा स्टार्टअप व्यवसायसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए।

कार्यक्रममा उदय परियोजनाका बीडीएस लिड विष्णु काफ्लेले व्यवसाय विकास परामर्श सेवाको तालिमले कोशी प्रदेशका साना तथा मझौला व्यवसायहरूलाई थप सहजता दिने अपेक्षा व्यक्त गरे। तालिममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka