Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा मोबाइल लुटपाट र फिरौती माग्ने समूह पक्राउ

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | साँझ ४:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतीय नागरिकको मिलेमतोमा मोबाइल लुटपाट गरी अभिभावकसँग फिरौती मागेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विराटनगर–१६ का १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार छन्। घटनामा संलग्न भारतीय नागरिक गोलु सिंह भने फरार छन्।

बिज्ञापन

सुनसरीको धरान-१७ का प्रज्ञान राई र इटहरी-१९ का आशिष गुरुङ विराटनगरको टोम एन्ड जेरी होटलमा काम गर्थे। उनीहरूलाई साथीहरूले भारतको जोगवनी पुर्‍याए, जहाँ प्रज्ञानको मोबाइल लुटिएको र आक्रमण प्रयास भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले जानकारी दिए।

लुटिएको मोबाइलबाट प्रज्ञानका अभिभावकलाई फोन गरी “३० हजार लिएर बिग होटल आउनु” भन्दै फिरौती मागिएको थियो। खबर पाएपछि प्रज्ञानका बुवाले प्रहरीमा उजुरी गरे। त्यसपछि धरानबाट प्रहरी टोली विराटनगर पुगेर मोरङ प्रहरीसँगको समन्वयमा दुई जना अभियुक्त पक्राउ गर्‍यो। उनीहरूको बयानका आधारमा मुकेश पनि पक्राउ परे।

पक्राउ परेकाहरूले फिरौती लिन भारत जोगवनीका गोलु सिंहले निर्देशन दिएको स्वीकारेका छन्। सिंहको खोजी जारी छ।

यस घटनामा पीडित भनिएका प्रज्ञान, आशिष र एक युवतीलाई सकुशल उद्धार गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पीडित र पीडक पहिल्यै साथी थिए र सल्लाहमै जोगवनी गएका थिए। प्रहरीका अनुसार, घटनाको थप अनुसन्धान जारी छ र आवश्यकता अनुसार कारबाही अघि बढाइनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa