Premier Cables
Premier Steel

शेयर बजार

चार दिनपछि शेयर बजारमा चमक : हाेला अब ‘युटर्न’ ?

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २६, २०८२  | अपराह्न ३:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । ४ कार्य दिनको लगातार गिरवाटपछि सोमबार सेयर बजार सकारात्मक भएको छ । नेप्से सूचक २७.२९ विन्दुले बढेर २६५७.१९ अंकमा आएको छ । ८ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार छ । अन्य र हाइड्रोपावर समूहमा बढी उत्साह देखिएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

बजार निकै लामो समयदेखि माथि जान नसकेकाले कुनै पनि बेला युटर्न हुन सक्ने देखिन्छ । यद्यपि, कहिलेदेखि सकारात्मक माहोल आउँछ भनेर अल्पकालका लागि विश्लेषण गर्न भने कठिन कार्य हो । तर बजार बढ्नका लागि आवश्यक अधारभूत पक्षहरुले भने सपोर्ट गरिहेको छ । यसकारण लगानीकर्ताहरु आशावादी हुन सक्ने ठाउँ रहेको देखिन्छ ।

बिज्ञापन

त्यसो त लगानीकर्ताहरु महिनौंदेखि चलेको साइडवेज ट्रेन्ड ब्रेक भएर बजार अघि बढ्ने तीब्र प्रतीक्षामा रहेका छन् । पछिल्ला दिनहरुमा समग्र बजार सुस्त छ । तर एकाध कम्पनीहरुमा भने निकै राम्रो टर्नओभर देखिएको छ । कुनै पनि समूहका पूरै कम्पनी चलेका छैनन् । निश्चित समूहका पनि केही सीमित कम्पनीको मात्र भाउ बढ्ने र कारोबार रकममा तेजी आउने गरेको देखिन्छ ।

तर निकै लामो समयदेखि बजार स्थिरजस्तै भएकाले कुनै पनि यसले बेला युटर्न लिन सक्ने जानकारहरु बताउँछन् । किनभने नेप्से पछिल्ला दिनहरुमा २६ सय विन्दुभन्दा तल झर्न मानिरहेको छैन । सूचक २६ सयको मनोवैज्ञानिक विन्दु नजिकतिर आउने बित्तिकै पुनः बाउन्स ब्याक हुने गरेको छ । यसआधारमा २६ सयलाई बेस लाइन बनाएर बजार अघि बढ्न खोजिरहेको जस्तो देखिन्छ ।

यद्यपि, २६ सयको लाइनलाई तोडेर नेप्से २७ सयतिर उक्लिहाल्न सकेको छैन । यसआधारमा लामो समयसम्म यही करिब १ सय अंकको वरिपरि बजार सूचक घुमिरहेको छ । तर अलि लामो टाइम फ्रेमबाट हेर्ने हो भने चाहिँ नेप्से सूचक २५ सयदेखि २८ सयको बीचमा घुमिरहेको छ ।

बैंकमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारलाई माथितिरै लैजान खोजिरहेको छ । तर अझै ठूलो रकम बजारमा भित्रिनसकेकाले फन्डामेन्टल कम्पनी चलिसकेका छैनन् । समग्र बजारमा तेजी आउनका लागि आधारभूतरुपमा सबल अवस्था रहेका, लाभांश वितरण क्षमतासमेत राम्रो रहेका कम्पनीहरु अघि बढ्नुपर्ने हुन्छ । तर अब विस्तारै यस्तो माहोल आउन सक्ने लगानीकर्ताले अनुमान लगाइरहेका छन् ।

सेयर बजारका लागि सामान्ययतः सिजन मानिने असार–साउन महिना नजिकिंदैछन् । यता, महिनौंदेखि बजार नबढेकाले सेयर भाउहरु सस्तो भएका छन् । अब साउन लागेसँगै कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउन थाल्नेछ । त्यसलगत्तै लाभांश घोषणको समय सुरु हुनेछ । यी कुराहरु पनि बजारमा सकारात्मक प्रभाव पर्दै जाने अपेक्षा गर्न सकिन्छ ।

तर फन्डामेन्टल कम्पनी चल्नका लागि भने कारोबार रकममा पनि तेजी आउनुपर्छ । डिमान्ड साइड निकै बलियो हुनुपर्छ । संस्थागत र ठूला लगानीकर्ताको प्रवेश हुनु अनिवार्यजस्तै मानिन्छ । अहिले बैंकहरुले अल्पकालीन सेयर कारोबार गर्न नपाउने भएकाले दैनिक कारोबार रकममा खासै तेजी आउन नसकेको भनेर विश्लेषण गर्नेहरु पनि छन् ।

धेरै नीतिगत अवरोधहरु हटे पनि बैंक–वित्तीय संस्थालाई अल्पकालीन कारोबार गर्न दिने व्यवस्था र व्यक्तिगततर्फ सेयर धितो कर्जाको सीमा भने अझै खुला गरिएको छैन । आगामी मौद्रिक नीतिबाट यी समस्या पनि समाधान हुने विश्वास लगानीकर्ताहरुले लिएको पाइन्छ ।

पछिल्ला दिनहरुमा सेयरहरु एकुमुलेसन भइरहेको भए पनि त्यो क्रम भने निकै सुस्त गतिमा चलेको लगानीकर्ताहरुको भनाई छ । निकै सुस्त किसिमले सेयर खरिद भइरहेकाले समग्र बजारको साइडवेज ट्रेन्ड लामो भएको हो भने कारोबार रकम पनि कम हुन गएको देखिन्छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भए पनि कर्जा लिएर त्यसलाई प्रयोग गर्न सक्ने सामथ्र्य धेरैको छैन । कर्जा लिन सक्ने क्षमतामै ह्रास आएपछि प्रणालीमा अधिक तरला भए पनि त्यो अहिलेसम्म अपेक्षा अनुसार सेयर बजारमा आउन सकेको छैन ।

त्यसो त केन्द्रीय बैंकले हालैमात्र ठूला कर्जाका लागि जोखिमभार कम गरेकाले अब विस्तारै ठूला तथा संस्थागत लगानीकर्ताहरुले सेयर धितो कर्जा लिनेक्रम बढाउने अनुमानहरु भइरहेका छन् । बैंक ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ । यतिबेला बैंकमा निक्षेप राखेर खासै ब्याज आउने अवस्था छैन । यसकारण निक्षेपकर्ताहरु विकर्षित भइरहेको देखिन्छ ।

यस्तै, लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । घरजग्गा व्यवसाय समस्यामा परेको छ । नयाँ उद्योगधन्दा पनि खासै खुल्न सकेको छैन । समग्र अर्थतन्त्र अझै मन्दीमै छ । यस्तो अवस्थामा सुरुवातमा सेयर बजारले नै सकारात्मक संकेतहरु दिन सक्ने अनुमान गरिएको छ । थला परेको अर्थतन्त्र सुधारको प्रस्थान विन्दु सेयर बजार हुन सक्ने संकेत देखिएको छ ।

त्यसो त सेयर बजारले निकै लामो समय बियरिस र साइडवेज चरण बिताएको छ । २०७८ भदौदेखि बजार बियरिस चरणमा रहेको र करिब ११ महिनादेखि साइडवेजमा छ । सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थामा विस्तारै सुधारका संकेतहरु देखिएका छन् । यी कारणहरुले आगामी दिनहरु सेयर बजारका लागि सकारात्मक हुँदै जाने लगानीकर्ताहरुको विश्वास र बुझाई रहेको देखिन्छ ।

यस दिन ३ सय २४ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६२ करोड २८ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka