Premier Cables
Premier Steel

विराटनगर

मोरङको ग्रामथानमा सुनको मुन्द्राका कारण ८९ वर्षीया वृद्धाको प्राणपखेरु उड्यो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ २५, २०८२  | राती ९:५१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ बस्ने ८९ वर्षीया तिलमाया खड्काको शव‌ आइतबार गाउँ नजिकै नहरमा फेला पर्यो ।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले घटना मुचुल्का उठाएर अनुसन्धान थाल्यो । प्रहरीले एउटा शंकास्पद ‘क्लु’ फेला पार्यो । वृद्धाको कान थुतिए जस्तो देखिन्थ्यो । कानका सुनका मुन्द्रा पनि गायब थिए ।‌ त्यसपछि प्रहरीले सुक्ष्म विश्लेषण थाल्यो ।

हत्यामा आरोपमा प्रहरीले ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गर्यो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार तिलमाया शनिबार घरबाटै हराएकी थिइन् । भोलिपल्ट नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको थियो ।

नहरमा डुबेको अवस्थामा देखेर सीताकी छोरी १९ वर्षीया सोनु ऋषिदेवले तिलमायालाई उद्धार गरिन । अनि आफ्नो घर लगिन् । भिजेका कपडा फेरिदिइन् । त्यसपछि नजिकैको मामाघर गइन ।

छोरी गएपछि आमा सीताले वृद्धाले कानमा लगाएका मुन्द्री थुतिन । अनि नजिकैको नहरमा धकेलिदिइन । प्रहरीले प्रारम्भिक रुपमा यही क्हलु फेला पारेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ‘वृद्धाको कानका मुन्द्री निकालेर फेरि वृद्धालाई नहरमै हालिदिएको देखियो,’प्रहरी स्रोतले बतायो । वृद्धा डुबिन । अनि प्राणपखेरु उड्यो ।‌

वृद्धाले लगाएका मुन्द्री सीताको घरभित्र फेला परेको डीएसपी चुँडालले बताएकी छिन । घरभित्र खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो । वृद्धाको कपडा पनि घरभित्रै भेटियो ।

सुनकै लागि हत्या गरेको भनिएपनि सीताले मुख खोलेकी छैनन् ।‌ उनी प्रहरी नियन्त्रणमा छिन ।‌ वृद्धाका परिवारले कर्तव्य ज्यान मुद्दा चलाउन किटानी जाहेरी दिएपछि मात्र प्रहरीले थप प्रक्रिया अघि बढाउने बताइएको छ ।

विराटनगरको कोसी अस्स्पतालमा शवको शल्यपरीक्षणपछि दाहसंस्कार गरिएको छ ।

घटनाका विषयमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka