Premier Cables
Premier Steel

समाचार

नयाँ दिल्लीमा भातभन्दा पानी महंगो, काकाकुल बन्यो सहर

दिल्लीमा गहिरिँदो जल संकट : रोहिणीदेखि संगम विहारसम्मको पीडादायी यथार्थ

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ २५, २०८२  | बिहान ८:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँदिल्ली । ६५ वर्षीया शकुन्तला देवी हरेक दिन बिहान र बेलुका आधा–आधा घण्टा मोटर चलाउँछिन्, आशामा कि सायद आज पानी आउनेछ। तर बमुश्किल एक गिलास पानी पाइन्छ। उत्तर–पश्चिम दिल्लीको रोहिणी सेक्टर घद्ध मा डीडीए फ्ल्याटमा भाडामा बस्ने उनी भन्छिन्, “पानी नआउने थाहा छ, तर आश हुन्छ कि शायद आज आइहाल्छ। एक दिन पानी आएर म मोटर नचलाएँ भने पछि अफसोस होला भन्ने डर हुन्छ।”

शकुन्तला देवीको मात्र होइन, उनका वरिपरिका अधिकांश बासिन्दाहरू पनि यही संकट झेलिरहेका छन्। बुढेसकालको पेन्सनले जीवन धानिरहेकी उनी भन्नुहुन्छ, “पिउने पानी किन्नु परिरहेको छ। महिनामा पेन्सनभन्दा धेरै पैसा पानीमै खर्च हुन्छ।”

बिज्ञापन

‘खानाभन्दा महँगो पानी’

सिर्फ रोहिणी मात्र होइन, दक्षिण दिल्लीको संगम विहारमा पनि हालत उस्तै छ। त्यहाँकी कटोरी देवी बताउँछिन्, “हामीले एसीबाट चुहिएको पानी संकलन गरेर काम चलाइरहेका छौँ। दुई महिनादेखि घरमा धाराबाट पानी आएको छैन।”

उनकी बुहारी सीमा देवी थप्छिन्, “रसोईको भन्दा धेरै खर्च त पानीमा जान्छ। अहिले त पिउनका लागि पानी किन्नुपर्छ, त्यो पनि २० लिटरको बोतलको ३० रुपैयाँसम्म। ब्राण्डेड पानी त हाम्रो पहुँच बाहिरको कुरा हो।”

अनाधिकृत बस्तीहरूमा झन् कठिन अवस्था

संगम विहारजस्ता अनधिकृत बस्तीहरूमा लाखौँ मानिस पानीका ट्यांकरमा निर्भर छन्। तर सबै स्थानमा ट्यांकर पनि पुग्दैन। पूनम देवी भन्छिन्, “हामी अब बुहारी र नाती–नातिनीलाई गाउँ पठाउँदै छौं, यहाँ न नुहाउने पानी छ न खाने। महिना दिनसम्म फर्कँदैनन्।”

सामान्यतया प्रत्येक पन्ध्र दिनमा दुई हजार लिटर ट्यांकरको खर्च धान्न कठिन भइसकेको छ। पूनमकै छेउमा बस्ने महिलाले व्यङ्ग्य गर्दै भनिन्, “पानीको कारण हाम्रो घरमा झगडा नै भइहाल्छ। एक बाल्टिन पानीमा कसरी खाना बनाउने र भाँडा माझ्नेरु”

जल बोर्डको आँकडा स् माग धेरै, आपूर्ति कम

दिल्ली जल बोर्डका अनुसार राजधानीमा दैनिक ज्ञद्दढ करोड ग्यालन पानी आवश्यक पर्छ, तर आपूर्ति मात्र ३० करोड ग्यालन हो। दैनिक तर धेरै कम आपूर्ति हुँदा पानीको अभाव भइरहेको छ, जसको असर सीधै आम जनतामा परेको छ।

आरओ वा बोतल–पानीको भरमा

डीडीएले बनाएका योजनाबद्ध बस्तीहरू समेत अब जल संकटको चपेटामा परेका छन्। वसन्त कुञ्जकी पूजा भाटिया भन्छिन्, “हामीलाई डीडीएका ट्यांकरबाट पानी आउँछ, तर त्यसमा यति धेरै टिडिएस हुन्छ कि पिउन मिल्दैन। त्यसैले द्दछ हजार खर्चेर आरओ राखेका छौं, जसको वार्षिक मर्मतमा थप ६ हजार खर्च हुन्छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa