Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

दिल्लीमा किन गराइँदै छ कृत्रिम वर्षा ?

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | बिहान ७:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायुप्रदूषण र गर्मी नियन्त्रण गर्न ‘क्लाउड सीडिङ’ प्रविधिमार्फत कृत्रिम वर्षा गरिने भएको छ। दिल्ली सरकारले आगामी ४ जुलाईदेखि ११ जुलाईसम्म पाँच विशेष विमान प्रयोग गरी कृत्रिम वर्षा गराउने योजना अघि सारेको हो।

पर्यावरण मन्त्री मंजीन्दर सिंह सिरसाका अनुसार क्लाउड सीडिङमार्फत कृत्रिम बादल निर्माण गरी वर्षा गराउने तयारी अन्तिम चरणमा पुगेको छ। यो प्रविधि अन्तर्गत विमानबाट सिल्भर आयोडाइड, नुन, वा रक साल्टजस्ता कणहरू बादलमा छोडिन्छन्, जसले बादलमा रहेका जलकणलाई भारी बनाउँछ र वर्षा गराउँछ।

बिज्ञापन

आईआईटी कानपुरको प्रविधिक सहयोगमा तयार गरिएको योजनाअनुसार प्रत्येक विमानले ९० मिनेटसम्म उडान भर्दै १०० वर्ग किलोमिटर क्षेत्रफलमा क्लाउड सीडिङ गर्नेछ। फ्लेयर प्रणालीमार्फत रसायन छोडिनेछ। यो प्रयासका लागि दिल्ली सरकारले ३.२१ करोड भारु बजेट छुट्याएको छ।

यस योजनालाई लिएर राजनीतिक बहस समेत चर्किएको छ। आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले, “जब मनसुन आउँदैछ, कृत्रिम वर्षाको आवश्यकता के हो?” भन्दै आलोचना गरेका छन्। उनका अनुसार यो योजना प्रचारमुखी हो र दिल्लीवासीको हितभन्दा बढी राजनीतिक लाभका लागि गरिएको हो।

तर मन्त्री सिरसाले भने योजना कार्यान्वयनको सबै पूर्वतयारी पूरा भइसकेको र यो आफ्नो नेतृत्वमा व्यवहारिक रूपमा अघि बढाइएको पहिलो प्रयास भएको दाबी गरेका छन्। उनका अनुसार दिल्लीको अत्यधिक प्रदूषित वायुमण्डल सफा गर्न यो एक प्रभावकारी उपाय बन्न सक्नेछ।

विशेषज्ञहरूका अनुसार, मौसमले साथ दिएमा क्लाउड सीडिङ प्रविधिबाट धूलो र प्रदूषक तल झर्नेछन् र वायुको गुणस्तरमा सुधार आउनेछ। तर, पर्याप्त चिसोपना नभएमा यसको प्रभाव सीमित हुनसक्ने पनि जनाइएको छ।

यदि यो योजना सफल भयो भने दिल्लीजस्तै अत्यधिक प्रदूषित अन्य सहरहरूले पनि यो प्रविधि अपनाउने सम्भावना रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa