Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

दिल्लीको जैतपुरमा मन्दिरको भित्तो भत्किँदा सात जनाको मृत्यु

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | बिहान ८:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको राजधानी दिल्लीको जैतपुर क्षेत्रमा मन्दिरको भित्तो भत्किँदा सातजनाको ज्यान गएको छ।

यो घटना शनिबार बिहानदेखि परेको लगातार भारी वर्षाका कारण भएको हो।

बिज्ञापन

दिल्ली र वरपरको एनसीआर क्षेत्रमा शनिबारदेखि भीषण वर्षा भइरहेको छ, जसका कारण धेरै स्थानमा पानी जमेको छ। विशेषगरी दक्षिण–पूर्वी दिल्लीमा तीनदेखि चार फिटसम्म पानी जम्दा जग कमजोर भएर मन्दिरको भित्तो भत्किएको हो।

दक्षिण–पूर्वी दिल्लीकी अतिरिक्त प्रहरी उपायुक्त (डीसीपी) ऐश्वर्या शर्माका अनुसार, बिहान ९:१४ बजे भित्तो भत्किएको र त्यसमा पुरिएका आठजनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

तीमध्ये सातजनाको मृत्यु भइसकेको छ भने एकजनाको उपचार भइरहेको द हिन्दूले जनाएको छ ।

घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छ भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।

लगातारको वर्षाले जनजीवन प्रभावित बनाइरहेको दिल्लीमा वर्षासम्बन्धी सतर्कता अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa