Premier Cables
Premier Steel

स्वास्थ्य

राघव सहनीको पहलमा विराटनगर ८ का ३०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १३, २०८३  | बिहान ११:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका ८ का समाजसेवी युवा राघव सहनीको पहल तथा प्राइम अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शनिबार विराटनगर ८ स्थित अशोक चोकमा रहेको श्री ज्ञान निकुञ्ज आधारभूत विद्यालयमा आयोजित शिविरमा ३०० जना स्थानीयले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।

विज्ञापन

शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा सुगर, प्रेसर परीक्षणका साथै भिडियो एक्सरे र ईसीजी सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणपछि आवश्यक औषधिसमेत वितरण गरिएको आयोजकले जनाएको छ।

शिविरका संयोजक राघव सहनीका अनुसार दैनिक कामको व्यस्तता तथा आर्थिक अभावका कारण अस्पतालसम्म पुगेर स्वास्थ्य परीक्षण गराउन नसक्ने स्थानीयलाई लक्षित गरी समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

शिविरमा सहभागी स्थानीयले आफ्नै वडामा निःशुल्क स्वास्थ्य सेवा पाएकोमा खुसी व्यक्त गर्दै सहनीको पहलको प्रशंसा गरेका थिए। स्थानीयले यस्ता सामाजिक तथा जनसेवाका कामलाई निरन्तरता दिन आग्रह गर्दै सहनीप्रति समर्थनसमेत व्यक्त गरेका थिए।

कार्यक्रममा सहनीले आफू सधैँ जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै समाजलाई एकजुट बनाउने र वडावासीको सुखदुःखमा साथ दिने आफ्नो प्रयास निरन्तर रहने बताए।
‘हाम्रो सधैँको प्रयास समाजलाई एकजुट गर्ने र जनताको सेवामा समर्पित रहने हो,’ सहनीले भने।

स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरले विपन्न तथा स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म पुग्न नसक्ने स्थानीयलाई राहत पुगेको आयोजकको विश्वास छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka