Premier Cables
Premier Steel

राष्ट्रिय

२२ करोडको सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय लागुऔषध तस्कर पक्राउ

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २९, २०८३  | अपराह्न १:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । २२ करोड रुपैयाँ बजार मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक नेपालमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेका छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

विज्ञापन

प्रहरीका अनुसार उनी गत कात्तिक २८ गते थाइल्याण्डबाट काठमाडौं आएका थिए । हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुन सक्ने आशंकामा शंकास्पद व्यक्तिहरूको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार तिघरी यसअघि दुई पटक नेपाल आइसकेका थिए । पहिलो पटक हवाई मार्गबाट र दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको खुलेको छ ।

उनले लाओस, जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियालगायत देशको भ्रमणसमेत गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको दाबी गरेको छ । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको साढे ५ किलो हेरोइनको बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको छ । उक्त लागुऔषध भारत पुर्‍याउने योजनासहित ल्याइएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka