Premier Cables
Premier Steel

अपराध

सुनसरीमा लागू औषधसहित पाँच जना पक्राउ

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ०३, २०८२  | साँझ ४:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषधसहित पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

साउन २ गते कोशी गाउँपालिका–१ मा खटिएको लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले चेकजाँचका क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद गरेको हो।

बिज्ञापन

त्यसैगरी, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र–९ का १९ वर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी ३०५ थान प्रतिबन्धित औषधिसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको छ।

यस्तै, अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान–१३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजासहित पक्राउ गरेको छ।

पक्राउ परेका सबै विरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka