काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज बुधबार कुनै खेल हुने छैन। प्रतियोगिताको पूर्वनिर्धारित तालिकाअनुसार आज विश्राम दिन राखिएको हो।
एक दिनको विश्रामपछि प्रतियोगिता भोलि बिहीबारदेखि पुनः सञ्चालन हुनेछ। भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुनेछन्।
दिनको पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। उक्त खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।
त्यसैगरी, दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुने तालिका छ।
लिग चरणका महत्त्वपूर्ण खेलहरू नजिकिँदै जाँदा टोलीहरूका लागि प्रत्येक खेलको नतिजा महत्त्वपूर्ण बन्दै गएको छ। विशेषगरी प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रिने टोलीहरूका लागि आगामी खेलहरू निर्णायक बन्ने देखिन्छ।
एनपीएलको जारी सिजनमा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। लिग चरणपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन्।
