Premier Cables
Premier Steel

खेलकुद

जनकपुरलाई हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा, प्लेअफ दौडमा जनकपुरलाई दबाब

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २४, २०८३  | राती ८:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। यस जितसँगै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने जनकपुरको प्लेअफ सम्भावना थप कठिन बनेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो।

विज्ञापन

यस जितसँगै सुदूरपश्चिमले ६ खेलबाट ८ अंक जोडेको छ। टोलीले अहिलेसम्म चार खेलमा जित र दुई खेलमा हार बेहोरेको छ।

समान ८ अंक रहेको काठमाण्डू भने राम्रो रनरेटका आधारमा सुदूरपश्चिमभन्दा माथि रहेको छ। सुदूरपश्चिमको जितले उसको प्लेअफ यात्रा थप बलियो बनेको छ।

यता जनकपुरले पनि ६ खेलबाट ४ अंक जोडेको छ। अंकतालिकामा पाँचौँ स्थानमा रहेको जनकपुरका लागि बाँकी खेलमा जित निकाल्नु प्लेअफ सम्भावना कायम राख्न महत्वपूर्ण हुनेछ।

सुदूरपश्चिमसँगको हारले जनकपुरमाथि प्लेअफमा स्थान सुरक्षित गर्ने दबाब थपिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka