Premier Cables
Premier Steel

विराटनगर

डिक्का महासंघ मोरङद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १९, २०८३  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । डिक्का महासंघ, मोरङको आयोजनामा विजयादशमी, दीपावली, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

बुधबार विराटनगर महानगरपालिका १२ स्थित श्री नवदुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

विज्ञापन

कार्यक्रमले विभिन्न समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ। चाडपर्वले समाजमा आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रम आयोजना गरिएको बताइएको छ।

डिक्का महासंघ मोरङका अध्यक्ष अशोक मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व आपूर्तिमन्त्री शिवकुमार मण्डल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवं वरिष्ठ गायक रामा मण्डल, डिक्का महासंघका केन्द्रीय अध्यक्ष विजय राय, केवट कल्याण समाजका केन्द्रीय अध्यक्ष रामकुमार कामत, धानुक समाजका केन्द्रीय सचिव नन्दलाल मण्डल, विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामत तथा मोरङ जिल्ला बार एसोसिएसनका अध्यक्ष हरिशंकर मण्डल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम मण्डललगायत विभिन्न क्षेत्रका दर्जनौँ अतिथि तथा सयौँ स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले चाडपर्वले समाजमा आपसी सद्भाव, सहकार्य र एकताको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्दै सबैलाई पर्वको शुभकामना दिएका थिए।

कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको सहभागिताले सामाजिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा यस्ता कार्यक्रमको महत्व झल्काएको आयोजकले जनाएको छ।

धानुक, कुर्मी, केवट र अमात्य समुदायलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यले स्थापित डिक्का महासंघ चार समुदायको साझा छाता संगठन हो। यसले चारवटै समुदायबीच आपसी एकता, सामाजिक सद्भाव, भाइचारा र सहकार्य अभिवृद्धि गर्नुका साथै उनीहरूको मौलिक संस्कृति, परम्परा, पहिचान र सामाजिक अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि साझा आवाज उठाउने उद्देश्य राखेको छ।

समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै सामाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सहकार्य विस्तार गर्नु पनि महासंघको महत्वपूर्ण उद्देश्यका रूपमा रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka