Premier Cables
Premier Steel

शेयर बजार

सामान्य बढ्यो नेप्से

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १७, २०८३  | अपराह्न ३:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज ९ समूहमा हरियाली छाएको छ भने ४ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्ने समूहमा होटल तथा पर्यटनको १.०७ प्रतिशतले बढेको छ ।

विज्ञापन

त्यस्तै, बैंकिङ समूह ०.५२ प्रतिशत, विकास बैंक समूह ०.०६ प्रतिशत, हाइड्रो समूह ०.३१ प्रतिशत, जीवन बीमा समूह ०.०९ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत, निर्जीवन बीमा समूह ०.१० प्रतिशत र व्यापार समूह ०.१५ प्रतिशतले बढेको छ ।

घट्ने समूहहरुमा भने फाइनान्स समूह ०.०१ प्रतिशत, लगानी समूह ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशत र अन्य समूह ०.०२ प्रतिशतले घटेको छ ।

सेयरबजार विश्लेषक सरोज भट्टराईले अहिले लगानीकर्ताहरूले आफूसँग भएका सेयर बिक्री गर्नुभन्दा होल्ड गर्ने रणनीति अपनाएका कारण बजार फेरी सुस्ताउन थालेको बताए । विशेषगरी तिहार र छठ पर्वपछि मात्रै सेयर बिक्री गर्ने मनस्थितिमा लगानीकर्ता रहेको उनको अनुमान छ।

‘हिजोअस्तिको बजार र आजको बजारलाई तुलना गर्दा पछिल्लो गिरावटलाई ठूलो नकारात्मक संकेतभन्दा पनि सामान्य करेक्सनका रूपमा लिनुपर्छ’ उनले भने, ‘दशैंपछि बजारमा आएको वृद्धिपछि केही करेक्सन देखिनु स्वाभाविक प्रक्रिया हो लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

तिहारपछि भने सेयर बजार पुनः बढ्न सक्ने सम्भावना रहेको उनको अनुमान छ । यद्यपि तत्कालै बजार बढ्ने बलियो आधार वा स्पष्ट संकेत भने देखिइसकेको उनले बताए ।

साथै बजारमा कारोबार रकम घट्नु र लगानीकर्ताको सक्रियता केही कम हुनु सामान्य प्रक्रिया भएको उल्लेख गर्दै भट्टराईले बजारको अहिलेको अवस्थालाई धैर्यपूर्वक मूल्याङ्कन गर्नुपर्ने बताए ।

‘दशैंपछि बजारले सकारात्मक गति लिएकाले तिहारपछि पनि बजारले पुनः उकालो यात्रा तय गर्न सक्नेछ’ उनले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka