Premier Cables
Premier Steel

अपराध विराटनगर समाचार

विराटनगरको कोल्ड स्टोरेजमा प्रहरीको छापा

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १६, २०८३  | राती ९:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याएर लुकाइराखिएको २ लाख १० हजार रुपैयाँ बराबरको तयारी सयपत्री फूलका माला बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको मोबाइल गस्ती टोलीले विराटनगर महानगरपालिका–४, गोग्राहास्थित राधाकृष्ण कोल्ड स्टोर नजिकै लुकाएर राखिएको अवस्थामा उक्त माला बरामद गरेको हो।

विज्ञापन

अवैध रूपमा सीमा पार गराएर नेपाल भित्र्याइएका ती मालालाई सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहवरमा प्रचलित कानुनी प्रक्रिया पूरा गरी नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka