Premier Cables
Premier Steel

खेलकुद

एनपीएल: काठमाडौं पहिलो जितको खोजीमा, कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १६, २०८३  | बिहान १०:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सको सामना गर्नेछ । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

विज्ञापन

प्रतियोगितामा कमजोर सुरुवात गरेको काठमाडौं पहिलो जितको खोजीमा मैदान उत्रिनेछ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । त्यसैले टोलीका लागि आजको खेल अंकतालिकामा सुधार गर्ने अवसर हुनेछ ।

यता, उत्कृष्ट लयमा रहेको कर्णाली याक्स भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यसअघिका दुवै खेलमा जित हात पारेको कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ । हाल अंकतालिकाको शीर्ष स्थानमा रहेको कर्णाली जितको लय कायम राख्दै आफ्नो स्थान थप बलियो बनाउन चाहन्छ ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिमका लागि यो खेल अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने महत्त्वपूर्ण अवसर हो । टोलीले अहिलेसम्म खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार व्यहोरेको छ ।

अर्कोतर्फ, चितवन राइनोज भने प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा जित निकालेको चितवनले दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो ।

आजको खेल जित्दै चितवन आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ भने सुदूरपश्चिम जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka