Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

होर्मुज जलमार्ग दुई दिनभित्र खोल्ने इरानको प्रस्ताव, अमेरिकाको जवाफमा निर्भर

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १६, २०८३  | बिहान १०:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इरानले रणनीतिक महत्त्वको होर्मुज जलमार्ग दुई दिनभित्र पुनः खोल्ने प्रस्ताव अघि सारेको छ । तर, यसको कार्यान्वयन अमेरिकाले आफ्ना सर्त स्वीकार गर्ने वा नगर्ने भन्नेमा निर्भर रहने इरानका विदेशमन्त्री अब्बास अराघचीले बताएका छन् ।

सरकारी समाचार संस्था आईआरएनएका अनुसार अराघचीले आइतबार कतारको दोहामा भइरहेको वार्ताबारे जानकारी दिँदै यस्तो बताएका हुन् । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानी प्रतिनिधिमण्डल कतार भ्रमणमा रहेको र होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

विज्ञापन

उनले अमेरिकी प्रतिनिधिमण्डलसँग प्रत्यक्ष भेटवार्ता गर्ने कुनै योजना नरहेको पनि स्पष्ट पारे ।

अराघचीका अनुसार कतारी मध्यस्थकर्ताहरूसँगको छलफलपछि जलमार्ग खोल्न प्रस्ताव गरिएको समयसीमा पाँच दिनबाट घटाएर दुई दिनमा झारिएको हो । यद्यपि, यस विषयमा अन्तिम सहमति भने भइसकेको छैन ।

यसअघि कतारले इरानको प्रस्ताव कार्यान्वयनका लागि पाँच दिनको समयसीमा राख्न सुझाव दिएको थियो । तर, इरानले त्यसलाई घटाएर दुई दिनभित्रै जलमार्ग खोल्ने प्रस्ताव गरेको अराघचीले बताए ।

उनले सर्वोच्च नेता खामेनेईले सबै प्रकारका सम्भावित खतराको सामना गर्न र आवश्यक परे तत्काल प्रभावकारी जवाफ दिन निर्देशन दिएको पनि जानकारी दिए ।

अमेरिकासामु इरानका चार प्रमुख सर्त

होर्मुज जलमार्ग पुनः खोल्नुअघि इरानले अमेरिकासमक्ष विभिन्न सर्त अघि सारेको छ । अराघचीका अनुसार इरानले इस्लामाबाद सम्झौतापछि लगाइएका प्रतिबन्ध हटाउन, मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति घटाउन, तेल निर्यातसम्बन्धी छुट पुनः बहाल गर्न र रोक्का गरिएका सबै रकम फुकुवा गर्न माग गरेको छ ।

इरानले कतारमा रोक्का गरिएका रकमसहित विदेशमा रहेका आफ्ना सबै सम्पत्ति फुकुवा गर्नुपर्ने अडान राखेको छ ।

त्यसैगरी, होर्मुज जलमार्ग सञ्चालनका विषयमा ओमानसँग छलफल गरिएका केही समुद्री मार्गलाई मान्यता दिनुपर्ने र अन्य मार्ग बन्द गर्नुपर्ने प्रस्ताव पनि इरानले अघि सारेको छ ।

अराघचीका अनुसार इरानका यी सर्त स्वीकार गरेर जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएमा अमेरिकासँग बाँकी रहेका विषयमा थप वार्ता गर्ने बाटो खुल्नेछ ।

तर, होर्मुज जलमार्ग खोल्ने विषयमा अन्तिम निर्णय भने अमेरिकाको जवाफ र दुवै पक्षबीच हुने सहमतिमा निर्भर रहने देखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka