Premier Cables
Premier Steel

विराटनगर

उपचार खर्च तिर्न नसक्दा गोल्डेन अस्पतालले ‘शव बन्धक’ राख्यो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १५, २०८३  | अपराह्न १२:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उपचारका क्रममा मृत्यु भएका एक विपन्न परिवारका व्यक्तिको रकम नतिरेको भन्दै गोल्डेन अस्पतालले शव रोकेको छ।

सुन्दरहरैँचा नगरपालिका–३ का ५८ वर्षीय ढोमा चौधरीको विराटनगरस्थित गोल्डेन अस्पतालमा शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो । उनी मुटुरोगबाट पीडित रहेको बताइएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

विज्ञापन

परिवारको आर्थिक अवस्था कमजोर भएपछि स्थानीयवासीले चन्दा संकलन गरेर उपचार गराइरहेका थिए। तर, उपचारमा खर्च भएको रकममध्ये ९० हजार रुपैयाँ बाँकी रहेपछि अस्पतालले शव लैजान नदिएको परिवारको भनाइ छ।

छिमेकी सुजन पोखरेलका अनुसार चौधरीलाई सुरुमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ आईसीयू बेड नपाएपछि कोशी अस्पताल वा विराट मेडिकल कलेज लैजाने तयारी भए पनि एम्बुलेन्स चालकले कमिसनको प्रलोभनमा गोल्डेन अस्पताल पुर्‍याएको पीडित पक्षको आरोप छ।

यता, अस्पताल प्रशासनले बिरामी गम्भीर अवस्थामा आएको र उपचारका क्रममा बचाउन नसकिएको बताएका छन्। परिवारको अवस्थालाई ध्यानमा राखेर धेरै रकम छुट दिइसकेको उनको दाबी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka