Premier Cables
Premier Steel

राष्ट्रिय

अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते, दुई जनालाई भारत रिफर

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १५, २०८३  | बिहान १०:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बाँके । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।

आइतबार बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा अचानक आगलागी भएको हो । प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ ।

विज्ञापन

आगलागीमा परी घाइते हुनेमा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना रहेका छन् । उनीहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो ।

घाइते हुनेमा बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन् ।

त्यस्तै, भारतको बहराइच जिल्लास्थित कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद पनि घाइते भएका छन् ।

घाइतेमध्ये शिवप्रसाद चमार र रामदिन हरिजनलाई आइतबार बिहान ८ः४५ बजे थप उपचारका लागि भारतको लखनउ पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको अन्य भौतिक तथा आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka