Premier Cables
Premier Steel

राष्ट्रिय

हिमपातमा डोल्पामा फसे ६ भारतीय पर्यटक, हेलिकोप्टरबाट उद्धार गरिँदै

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १५, २०८३  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुर्खेत । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ ।

केही दिनदेखि लगातार परेको हिमपातका कारण पर्यटकहरू दानीगढ क्षेत्रमा फसेका जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

विज्ञापन

डोल्पाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जुनु हमाल ढकालका अनुसार उनीहरू फसेको जानकारी शनिबार (कात्तिक १४) प्राप्त भएको थियो । त्यसलगत्तै उद्धारको पहल थालिएको र आइतबार (कात्तिक १५) हेलिकोप्टरमार्फत उद्धार कार्य अघि बढाइएको हो ।

उद्धार गर्न लागिएका भारतीय पर्यटकहरूमा मौमिता हल्दर, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन् ।

यसैबीच, प्रतिकूल मौसमका कारण थप जोखिम निम्तिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लावासी तथा पर्यटकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । हिमपात भइरहेका क्षेत्रमा अनावश्यक यात्रा नगर्न र मौसमको अवस्थाबारे जानकारी लिएर मात्र आवतजावत गर्न प्रशासनले अनुरोध गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka