काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङमा खराब सुरुआत गरेको छ ।
वर्षाले प्रभावित खेलमा पाँच ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले सुरुआतमै महत्त्वपूर्ण विकेट गुमाएपछि दबाबमा परेको थियो ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले १.३ ओभरमै सात रन बनाउँदा दुई विकेट गुमाएको थियो । पाँच ओभरमा छोट्याइएको खेलमा ब्याटिङ पावर प्ले पनि १.३ ओभरको मात्रै थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी एक रन बनाएर आउट भए भने सेरफान रदरफोर्डले खाता खोल्न सकेनन् । विराटनगरका आन्द्रे रसेल र एञ्जेलो म्याथ्युजले समान एक विकेट लिए ।
क्रिजमा रहेका सैफ जैबले एक र आरिफ शेखले शून्य रन बनाएका थिए ।
सुरुआतमै दबाबमा परेको सुदूरपश्चिमले विराटनगरको चुनौती पार गर्न सकेन । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको छ ।
