Premier Cables
Premier Steel

खेलकुद

विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजन सम्झौता

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०२, २०८३  | अपराह्न १:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच आगामी सिजनका लागि प्रायोजन सम्झौता भएको छ । टोलीको तयारीलाई थप मजबुत बनाउने उद्देश्यले दुवै पक्षबीच साझेदारी गरिएको हो ।

विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट स्वागत प्याकुरेल र जयश जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा विराटनगर किंग्सका सहमालिक पारस लुनियाले एनपीएलको तेस्रो सिजनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्वीकृति दिएको जानकारी दिए । उनले यसलाई नेपाली क्रिकेटका लागि सकारात्मक उपलब्धिका रूपमा उल्लेख गरे ।

विज्ञापन

एनपीएलको तेस्रो सिजनले नेपाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटको लोकप्रियता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिताले खेलाडीको क्षमता विकास, व्यावसायिक क्रिकेटको प्रवर्द्धन तथा नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीचको सम्झौताले टोलीको आगामी सिजनको तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । निजी क्षेत्रको सहभागिता र लगानीले नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka