Premier Cables
Premier Steel

समाचार

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी नयाँ मतदाता थपिए

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०१, २०८३  | अपराह्न १:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। अद्यावधिक विवरणअनुसार गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्।

गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मतदान गर्न पाउने अधिकार पाएका थिए।

विज्ञापन

आयोगका अनुसार अद्यावधिक मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम भएका छन्। आयोगले गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरणका आधारमा नामावली अद्यावधिक गरेको हो।

आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाको नाम हटाएको छ। त्यस्तै, दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएका व्यक्तिसहित कुल एक लाख ५८ हजार २६४ जनाको नाम मतदाता नामावलीबाट हटाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka