Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतमा तिरंगा मार्चका क्रममा सीजेपी नेता अभिजीत दीपके पक्राउ

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०१, २०८३  | अपराह्न १:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का नेता अभिजीत दीपकेलाई दिल्ली प्रहरीले शुक्रबार तिरंगा मार्चका क्रममा नियन्त्रणमा लिएको छ।

सीजेपीकी कानुनी प्रमुख रत्ना सिंहले दीपके पक्राउ परेको जानकारी दिँदै उनलाई एसईएम अदालतमा पेस गरिने बताएकी छन्। उनका अनुसार प्रहरीले दीपकेलाई कहाँ राखेको छ भन्नेबारे जानकारी दिएको छैन। वकिलहरूलाई समेत उनीसँग भेट्न अनुमति नदिइएको सिंहले दाबी गरेकी छन्।

विज्ञापन

समाचार संस्था बार एन्ड बेन्चका अनुसार दिल्ली प्रहरीले भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १२६ र १७० अन्तर्गत दीपकेलाई नियन्त्रणमा लिएको जनाएको छ।

पछिल्लो छ दिनमा दीपके दोस्रोपटक पक्राउ परेका हुन्। यसअघि अक्टोबर १० मा जन्तरमन्तरमा हुन लागेको प्रदर्शनअघि उनलाई विमानबाटै नियन्त्रणमा लिइएको थियो। तर, भोलिपल्ट उनलाई रिहा गरिएको थियो।

यसैबीच, सीजेपीसँग आबद्ध आशुतोष रांका र सौरभ दास तिहाड जेलमा न्यायिक हिरासतमा छन्। दिल्लीको विशेष अदालतले अक्टोबर १३ मा उनीहरूलाई पाँच दिनका लागि न्यायिक हिरासतमा पठाएको थियो। उनीहरूलाई सोही दिन बिहान जन्तरमन्तरमा प्रदर्शन गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka