Premier Cables
Premier Steel

शेयर बजार

नेप्से सामान्य बढ्यो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २७, २०८३  | साँझ ४:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा उक्लिएको छ ।

नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

विज्ञापन

आज ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक बढ्ने जीवन बीमा समूह रहेको छ । यो समूह १.७७ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ समूह ०.६९ प्रतिशत, विकास बैंक समूह ०.०५ प्रतिशत, लगानी समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले बढेको छ ।

सर्वाधिक घट्नेमा भने होटल तथा पर्यटन समूह रहेको छ । यो समूह आज ०.५८ प्रतिशतले घटेर ६८७०.५७ विन्दुमा कायम भएको छ ।

त्यस्तै, फाइनान्स समूह ०.३१ प्रतिशत, हाइड्रो समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१० प्रतिशत, व्यापार समूह ०.४० प्रतिशत र अन्य समूह ०.५२ प्रतिशतले घटेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘बजारमा सामान्य सुधार देखिएको छ । नेपाल धितोपत्र बोर्डले १५ दिने सूचना व्यवस्था संशोधन गरेपछि बजारमा सामान्य सुधार देखिन थालेको छ । बजारले विस्तारै लय लिन लागेको जस्तो देखिन्छ, र म्याचुअर पनि हुँदै गएको छ । अहिले बजारमा निक्षेपकर्ताहरुले बैंकबाट सामान्य ब्याजदर खाइरहेको समयमा बजारमा लगानी गर्ने कि नगर्ने दोधारमा छन्, केही समयको लागि पर्ख र हेरको अवस्थामा जस्तो पनि देखिन्छन् ।

तर यतिबेला लोन लिएरै भएपनि सेयरबजारमा प्रवेश वा लगानी थप्ने उत्कृष्ट समय हो । लगानीकर्ताहरु लाभांश दिने खालका कम्पनीतिर सिफ्ट भएका छन् । सम्भवतः बजार चाडपर्वपछि बढ्न सक्ने देखिन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka