Premier Cables
Premier Steel

कोशी प्रदेश

उदयपुरमा एक हजार किलोभन्दा बढी गाँजा बरामद, एक युवक पक्राउ

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २६, २०८३  | अपराह्न १२:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उदयपुर । उदयपुर प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य संलग्न व्यक्तिहरू फरार रहेका छन्।

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको हो।

विज्ञापन

आइतबार राति करिब २ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले पार्किङ गरी राखिएको बा १४ च २२५५ नम्बरको बोलेरो गाडी जाँच गरेको थियो। जाँचका क्रममा गाडीमा २९ वटा बोरामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल बोरासहितको हो।

त्यस्तै, कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट थप १०० किलो गाँजा बरामद गरिएको छ। आइतबार राति १०ः२० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले पाँचवटा बोरामा राखिएको गाँजासहित ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राईलाई पक्राउ गरेको हो।

दुवै स्थानबाट बरामद गरिएको गाँजाको कुल तौल एक हजार ४० किलो ४४० ग्राम रहेको छ। प्रहरीले गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka