Premier Cables
Premier Steel

राजनीति

कांग्रेसको इतरको दाबी, ५ हजार वडामा अधिवेशन सम्पन्न

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | अपराह्न २:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी तीव्र पारेको छ। असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको इतर पक्षले हाल क्षेत्रीय अधिवेशनलाई अघि बढाइरहेको जनाएको छ।

संस्थापनइतर पक्षको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता एगराज पोखरेलका अनुसार हालसम्म देशभरका करिब ५ हजार वडामा अधिवेशन सम्पन्न भइसकेको छ। देशभर कुल ६ हजार ७४३ वडा रहेकामा तराईका केही जिल्लामा भने अधिवेशन प्रक्रिया अघि बढ्न बाँकी छ।

विज्ञापन

तराईका केही जिल्लामा भर्खरै निर्वाचन संयोजक तोकिएकाले अधिवेशनको प्रक्रिया सुरु हुन नसकेको पोखरेलले बताएका छन्।

उनका अनुसार शनिबारसम्म ५५ वटा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी क्षेत्रको अधिवेशन कात्तिक १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। दसैंअघि केही समय अधिवेशन प्रक्रिया रोकिए पनि पर्वपछि बाँकी अधिवेशनलाई निरन्तरता दिइने उनले जानकारी दिएका छन्।

संस्थापनइतर पक्षले यसअघि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्दै आगामी मंसिरमा पार्टीको १५औँ महाधिवेशन गर्ने घोषणा गरेको थियो। सोहीअनुसार अहिले वडा र क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढाइएको हो।

घोषित कार्यतालिकाअनुसार कात्तिक १५ गतेदेखि जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन तथा मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने इतर पक्षको तयारी छ।

महाधिवेशनको घोषित कार्यतालिकाअनुसार समयमै सबै तहका अधिवेशन सम्पन्न गर्न संस्थापनइतर पक्षले संगठनात्मक गतिविधि तीव्र बनाएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka