Premier Cables

राष्ट्रिय

विद्यार्थी बोकेको बस दुर्घटना : चार विद्यार्थीसहित पाँच जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २३, २०८३  | बिहान ९:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पोखरा । पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार दुर्घटनामा १९ जना घाइते भएका थिए। घाइतेमध्ये पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए।

विज्ञापन

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत थिए। मृत्यु हुने पाँचौँ व्यक्ति सर्वसाधारण रहेको जनाइएको छ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।

घटनाबारे थप विवरण सङ्कलन गर्न प्रहरी टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेको छ। दुर्घटनाको कारण तथा घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka