Premier Cables
Premier Steel

कोशी प्रदेश

समावेशी आधारमा विभेद अन्त्य हुनुपर्छ: मुख्यमन्त्री कार्की

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २१, २०८२  | बिहान १०:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्याय, समानता र समावेशीताको आधारमा जातीय विभेद अन्त्य गर्दै सामाजिक एकता तथा सहिष्णुताको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन् ।‌

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै खालका विभेद अन्त्य हुनु पर्ने बताए।

बिज्ञापन

“२०६२/६३ को ऐतिहासिक जनआन्दोलनको जगमा हामीले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्ने क्रममा यो दिवस मनाउन थालिएको बताउँदै उनले ‌जातीय छुवाछुत उन्मूलन गर्ने राष्ट्रिय संकल्पसहित जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको यो दिनले हरेक किसिमका विभेद अन्त्य गर्ने आशा बोकेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।‌

मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न विभेद र विकृतिपूर्ण संस्कारको अन्त्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले नेपाल बहुभाषी, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै विविधता भित्रको एकता नै राष्ट्रिय समृद्धिको आधार भएको बताए ।

दिवसले हामीबीच एकता, भाइचारा, सहकार्य र सहिष्णुता प्रवर्द्धन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले सहकार्य र सहस्तित्वको आधारमा मात्रै विकासका पाइलाहरू अगाडि बढाउन सक्ने बताए ।

दिवसले सबैलाई न्यायपूर्ण, समतामूलक, सुसंस्कृत र विभेदरहित समुन्नत राष्ट्र निर्माणतर्फ प्रेरित गर्ने उनले विश्वास व्यक्त गरेका छन् ‌।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa