काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन (२०८३ मङ्सिर २१ देखि २३ गतेसम्म) अन्तर्गत देशैभर वडा अधिवेशनहरू तीव्रताका साथ अघि बढिरहेका छन्।
केन्द्रीय निर्वाचन समितिले आज (असोज १५ गते) सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका कुल ६,७४३ वडाहरूमध्ये ३,१९१ वडामा अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ।
समितिका संयोजक एगराज पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार असोज १८ गतेसम्म बाँकी रहेका सबै वडा अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका रहेको छ।
प्रदेशगत विवरण यस प्रकार छ:
कोशी प्रदेश: ११५७ वडामध्य ५७७ वडामा अधिवेशन सम्पन्न
मधेश प्रदेश: १२०९ वडामध्य ४०२ वडामा अधिवेशन सम्पन्न
बागमती प्रदेश: ११२१ वडामध्य ५६३ वडामा अधिवेशन सम्पन्न
गण्डकी प्रदेश: ७५९ वडामध्य ३८६ वडामा अधिवेशन सम्पन्न
लुम्बिनी प्रदेश: ९८३ वडामध्य ५५० वडामा अधिवेशन सम्पन्न
कर्णाली प्रदेश: ७१८ वडामध्य २५७ वडामा अधिवेशन सम्पन्न
सुदूरपश्चिम प्रदेश: ७३४ वडामध्य ४५६ वडामा अधिवेशन सम्पन्न
विशेष परिस्थितिका कारण रसुवा जिल्लामा पहिरोका कारण वडा अधिवेशन रोकिएको छ भने बागलुङमा पार्टीका नेता मणिभद्र शर्मा कँडेलको धर्मपत्नीको निधन भएकाले स्थगित भएको अधिवेशन भोलि असोज १६ गते सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ।
