Premier Cables

राजनीति

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शीर्ष नेताहरू काठमाडौँमा जुट्दै

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १८, २०८३  | बिहान ९:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासहित छिमेकी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ आयोजना हुन लागेको महाधिवेशनमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ।

विज्ञापन

कांग्रेसका अनुसार पार्टीको इतिहासमै सबैभन्दा ठूलो मानिएको यस महाधिवेशनमा देशभरबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।

यसपटकको महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगरी पार्टीको आगामी राजनीतिक तथा आर्थिक नीति तय गर्ने अवसरका रूपमा अघि बढाउने कांग्रेसले जनाएको छ। महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक र आर्थिक दिशासमेत तय गर्ने तयारी छ।

महाधिवेशनको कार्यतालिकाअनुसार सोमबार र मंगलबार अर्थात् असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले आगामी पाँच वर्षको राजनीतिक तथा आर्थिक मार्गचित्रसहितको कार्यपत्र प्रस्तुत गर्नेछन्।

त्यसपछि नेतृत्व चयनका लागि असोज २१ र २२ गते मतदान हुने कार्यतालिका तय गरिएको छ। महाधिवेशनले नयाँ नेतृत्वसँगै कांग्रेसको आगामी राजनीतिक कार्यदिशा पनि तय गर्ने भएकाले यसलाई पार्टीभित्र महत्त्वपूर्ण अधिवेशनका रूपमा हेरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka