Premier Cables

विराटनगर

कांग्रेस विराटनगर महानगर सभापतिमा कृष्ण कार्की भारी मतान्तरले विजयी

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १५, २०८३  | अपराह्न २:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्ण बहादुर कार्की विजयी भएका छन् । कार्कीले उनका प्रतिस्पर्धी केशव गिरीलाई ५२१ मतको अन्तरले पराजित गरी विजयी भएका हुन् ।

कार्कीले ६४७ र गिरीले १२६ मत प्राप्त गरे ।

विज्ञापन

त्यसैगरी उपसभापतिमा श्रुती शर्माले ४९५ मत ल्याएर विजयी भएकी छिन् । निकटम प्रतिस्पर्धी कृष्णकुमारी साहले २२९ मत प्राप्त गरिन् ।

मतगणना विराटनगर महानगरपालिका वडा नम्बर ३ गुधुँली मार्गमा अवस्थित परोपकार अभियान समूहको भवनमा भएको हो । कूल ८८९ मतदाता रहेकोमा ७९६ मत खसेको थियो । यसैगरी कार्यसमिति सदस्यहरुमा सावित्रा पोखरेल र उमा घिमिरे निर्वाचित भएका छन् । जिल्ला कार्यसमिति सदस्य महानगरबाट सुरेन्द्र भट्टराई, ज्ञानेश्वर नेपाल र सुमन प्रसाईं निर्वाचित भएका छन् ।

विराटनगर महानगरपालिका वडा नं १६ का वडाध्यक्ष उद्धव कुमार भुजेल जिल्ला सदस्यमा पराजित भएका छन् । उनले १०३ मत प्राप्त गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka