Premier Cables

समाचार

चट्टान नपाएपछि मर्स्याङ्दी थुनिएको ठाउँमा ब्लास्ट गर्ने प्रयास रोकियो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | बिहान ९:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीलाई ब्लास्ट गरेर खोल्ने प्रयास तत्कालका लागि सफल हुन सकेको छैन ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ब्लास्टका लागि पोखराबाट पुगेको नेपाली सेनाको प्राविधिक टोलीले उपयुक्त स्थान पहिचान गर्न नसकेपछि काम अघि बढ्न नसकेको हो ।

विज्ञापन

उनका अनुसार नदी थुनिएको क्षेत्रमा ब्लास्ट गर्न आवश्यक ठूलो चट्टान भेटिएको छैन । त्यस क्षेत्रमा गिट्टी, बालुवा, माटो, रुख तथा लेदोसहितको सामग्री थुप्रिएर नदीको बहाव रोकिएको छ ।

ब्लास्टमार्फत नदी खोल्ने योजना तत्काल सम्भव नभएपछि अहिले दुई वटा उपकरण प्रयोग गरेर थुनिएको क्षेत्र खोतल्ने काम भइरहेको पौडेलले जानकारी दिए ।

अविरल वर्षापछि स्थानीय घट्टेखोलाबाट आएको लेदोसहितको ढुंगा, गिट्टी र बालुवा थुप्रिएपछि मर्स्याङ्दी नदी थुनिएको हो । नदी थुनिएर बनेको तालबाट भने आंशिक रूपमा पानी बग्न थालेको छ ।

पौडेलका अनुसार अहिले पनि करिब ४ सय मिटर लम्बाइ र ८० मिटर चौडाइको ताल बनेको छ । तालको गहिराइ करिब २० फिटसम्म रहेको अनुमान गरिएको छ ।

चार दिनदेखि लगातार परेको वर्षाका कारण मनाङका विभिन्न स्थानमा विद्युत्, टेलिफोन तथा सडक सञ्जालसमेत अवरुद्ध भएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka