विराटनगर | विराटनगर १२ निवासी रक्षा यादवले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
यादवले १८ वर्षको उमेरमै नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्विरोध निर्वाचित भएर पार्टीको महाधिवेशन प्रक्रियामा प्रवेश गरेका थिए। त्यसपछि उनी प्रदेश प्रतिनिधिमा समेत निर्विरोध निर्वाचित भएकि थिन ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पनि यादव क्षेत्रीय प्रतिनिधिका रूपमा निर्विरोध निर्वाचित भएकि हुन। युवा पुस्ताको प्रतिनिधित्व गर्दै उनले यसपटक केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकि हुन ।
यादवले ‘युवा जेएनजी’ तर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्दै पार्टीमा युवा सहभागिता बढाउने, युवा नेतृत्वको विकास गर्ने तथा पुस्तान्तरणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकि छन ।
उनले पार्टीलाई समयअनुकूल गतिशील बनाउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आफूले युवा आवाजलाई पार्टीको नीति निर्माण र नेतृत्व तहसम्म पुर्याउने उद्देश्यका साथ उम्मेदवारी दिएको बताएकि छन्।
