Premier Cables

राजनीति

राष्ट्रसङ्घमा प्रधानमन्त्री शाहको सम्बोधन फितलो भएको जलवायु विज्ञको टिप्पणी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | बिहान ९:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनप्रति पर्यावरण तथा जलवायु क्षेत्रका विज्ञहरूले असन्तुष्टि जनाएका छन्। जलवायु विज्ञ रमेश भुसालले प्रधानमन्त्रीको सम्बोधनको प्रस्तुति र विषयवस्तु दुवै कमजोर रहेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शाहको सम्बोधन सुनेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भुसालले आफूले सम्बोधनबाट अपेक्षा गरेको भए पनि त्यसअनुसारको प्रभाव नदेखिएको बताएका छन्। उनले भाषणको ‘डेलिभरी’ र ‘कन्टेन्ट’ दुवै पक्ष कमजोर रहेको उल्लेख गरेका छन्।

विज्ञापन

भुसालले प्रधानमन्त्रीको वाचन शैलीमा आवश्यक ठाउँमा विश्राम र महत्त्वपूर्ण शब्दमा जोडको अभाव देखिएको टिप्पणी गरेका छन्। त्यस्तै, संवेदनशील विषय प्रस्तुत गर्दा आवश्यक भाव र गाम्भीर्यता पनि नदेखिएको उनको भनाइ छ।

उनले प्रधानमन्त्री शाहको कविता तथा र्‍याप शैलीसँग जोडिएको सार्वजनिक छविलाई समेत संकेत गर्दै कूटनीतिक मञ्चमा केवल तुकबन्दी वा लयमा जोड दिँदैमा सम्बोधन प्रभावकारी नहुने बताएका छन्।

भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, “आई ले राइम मात्र मिलाएर के गर्ने? गाली गर्न नआउनुस्, बरु सुनाइदिनुस्।”

नेपाल जलवायु परिवर्तन, बाढी, पहिरो तथा पर्यावरणीय संकटबाट प्रभावित भइरहेका बेला प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय सम्बोधनमा जलवायु न्याय, क्षतिपूर्ति तथा राष्ट्रिय हितका विषयलाई तथ्य र कूटनीतिक भाषासहित प्रभावकारी रूपमा उठाउनुपर्ने अपेक्षा रहेको विज्ञहरूको भनाइ छ।

प्रधानमन्त्रीको सम्बोधनलाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। समर्थक तथा आलोचकहरूले सम्बोधनको विषयवस्तु, प्रस्तुति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मुद्दा प्रस्तुत गर्ने शैलीबारे आ–आफ्ना धारणा व्यक्त गरिरहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka