Premier Cables

समाचार

‘विपद्लाई भूराजनीतिक प्रत्यारोप बनाउँदैनौँ, हिमालय क्षेत्र साझा प्रयोगशाला बनोस्’

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | बिहान ७:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायुजन्य विपद्लाई नेपालले कुनै पनि भूराजनीतिक प्रत्यारोप वा विवादको विषय नबनाउने स्पष्ट पारेका छन्।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै उनले जलवायु संकटको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफ्ना दायित्व इमानदारीपूर्वक पूरा गर्न आग्रह गरे।

विज्ञापन

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालैका विपद्‌का कारण १४ सयभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको पीडादायी तथ्य प्रस्तुत गरे। “यो विपद्लाई नेपालले भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन,” उनले भने, “तर जलवायु परिवर्तनका सन्दर्भमा सबै देशहरूले आफ्ना प्रतिबद्धता र दायित्व पूरा गरून् भन्ने नेपालको स्पष्ट चाहना छ।”

उनले हिमालय क्षेत्रलाई शक्ति राष्ट्रहरूको तनावको थलो नभई प्राकृतिक क्षति न्यूनीकरण गर्ने साझा थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। हिमालय क्षेत्रको संरक्षणका लागि भू-उपग्रह (स्याटेलाइट) सूचना, प्रविधि र विज्ञता आपसमा साझा गरिनुपर्ने उनको भनाइ थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka