विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भरत दाहालको पक्राउप्रति आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कोइरालाले सरकार नीति र नियमभन्दा बाहिर गएर सञ्चालन हुन थाले लोकतन्त्र खतरामा पर्ने बताएका छन्।
उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न थालेको भन्दै दाहालको पक्राउलाई त्यसको पछिल्लो उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
कोइरालाले पछिल्लो समय सरकारले देखाएको व्यवहारप्रति प्रश्न उठाउँदै ‘हामी कस्तो समाज निर्माण गर्दैछौँ?’ भन्दै प्रश्नसमेत गरेका छन्।
उनले भरत दाहाललाई तत्काल रिहा गर्न माग गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाउन सरकारसँग आग्रह गरेका छन्।
लोकतान्त्रिक मूल्य, मान्यता र व्यवस्थाको रक्षा गर्न सरकार सचेत हुनुपर्नेमा पनि कोइरालाले जोड दिएका छन्।
