Premier Cables
Premier Steel

राजनीति

शेखर कोइराला: “कांग्रेसको १५औं महाधिवेशन मंसिरमै हुनुपर्छ”

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ३०, २०८२  | साँझ ५:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन मंसिरमै नियमित रूपमा हुनुपर्ने बताएका छन्। पार्टीको भावी दिशा निर्धारणका लागि यो महाधिवेशन अत्यावश्यक रहेको उनको भनाइ छ।

बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कोइरालाले अन्य दलहरू अधिवेशनको तयारीमा लागिसकेको उल्लेख गर्दै भने, “अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने तयारीमा छन्, हामी किन सक्दैनौं?”

बिज्ञापन

कोइरालाले कांग्रेसलाई नयाँ दिशा र सम्भावनाको पार्टी बनाउने अभियान मंसिरको महाधिवेशनबाट सुरु हुनुपर्ने धारणा राखे। उनले पार्टीका महामन्त्रीले छिट्टै मंसिरमै महाधिवेशन गर्ने कार्यतालिका ल्याउनेमा विश्वास व्यक्त गरे।

कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन उत्साहजनक ढंगले भएको बताए। “यसले कांग्रेसमा नयाँ उर्जा भरेको छ,” उनले भने, “नयाँपनको अनुभूति र नेतृत्वमा ताजापन नियमित महाधिवेशनबाट मात्र सम्भव छ।”

नेता कोइरालाले देशको राजनीति र सामाजिक नैतिकता संकटमा परेकाले त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन्। लिखित धारणा प्रस्तुत गर्दै उनले पार्टीभित्र विगतका आन्तरिक समस्या र सरकार सञ्चालनमा संलग्न नेताहरूप्रति जनस्तरबाट प्रश्न उठ्दै आएको उल्लेख गरे।

उनले लोकतान्त्रिक मूल्य र सिद्धान्तलाई केवल जित–हारको विषय नबनाइ पार्टीले प्रतिष्ठाको सवाल बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए। “हामीले नागरिकको आवाज नसुन्दा आज यस्तो अवस्थाबाट गुज्रिनु परेको छ,” कोइरालाको भनाइ थियो।

नेता कोइरालाले कांग्रेसभित्र एकताको खाँचो रहेको स्पष्ट गर्दै निर्णय प्रक्रियामा पारदर्शिता आवश्यक रहेको बताए। सबै पक्षको सहभागिता र हित सुनिश्चित हुने ‘विन–विन’ स्थिति निर्माण गर्नुपर्ने उनको सुझाव थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka